काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको वास्तविक जिवनमा आधारित नेपाली चलचित्र ‘अन्जिला’ को टिजर सार्वजनिक गरिएको छ ।
मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा अन्जिला आफै मुख्य भूमिकामा छिन् । अन्जिलाको सानोदेखि संघर्षसँगै राष्ट्रिय टोलीका लागि खेल्दासम्मको घटनाक्रमलाई चलचित्रमा देखाइएको टिजरमा छ ।
चर्चित नायक दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा अन्जिलाको मातापिताको भूमिकामा देखिएका छन् । त्यसबाहेक चलचित्रमा सुनिल थापा, बुद्धि तामाङजस्ता दिग्गज र चर्चित अभिनेताहरुको पनि अभिनय रहेको छ ।
चलचित्रको छाँयाकंन अन्जिला कै जन्मथलो इलामसँगै, झापा र काठमाडौं लगायतका स्थानहरुमा गरिएको निर्माण पक्षले जनाएको छ । मुन लभ इन्टरटेनमेण्टको ब्यानरमा निर्मित चलचित्र नेपालमा आउँदो फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा