News गाईघाट सुपर लिगमा प्रवेश, बुइपा–११ लाई पनि सफलता
गोलनेपाल

धरान । गाईघाट फुटबल क्लब, उदयपुर जारी कोशी प्रदेश प्रिमियर लिगतर्फ सुपर लिग चरणमा प्रवेश गर्न सफल भएको छ । आफ्नो महत्वपूर्ण खेलमा गाईघाटले सम्राट स्र्पोटिङ क्लब, मोरङलाई १–० ले हरायो ।

धरान रंगशालामा भएको खेलमा गाईघाटका लागि पबिन राईले एक मात्र निर्णायक गोल गरे । खेलमा गाईघाटका गोलरक्षक अनिल मगर प्लेयर अफ दि म्याच बने । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

यो नतिजापछि समूह बी बाट पराजित सम्रो स्र्पोटिङ क्लब, मोरङ र लाईबेरी फुटबल क्लब, भोजपुर समूह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै अर्को खेलमा बुइपा–११ फुटबल क्लब, खोटाङले प्रगतिशील युथ क्लब, ताप्लेजुङलाई १–० ले हरायो । बुइपाको जितमा जिवन परियारले एक मात्र गोल गरे । प्लेयर अफ दि म्याच बने बुइपा कै गोलरक्षक नबिन पोख्रेल चुनिए । उनले पनि नगद ५ हजार र मेडल हात पारे ।

अब फागुन १ र २ गतेका दिन हुने खेलहरुबाट सुपर लिग चरणमा पुग्ने थप तीन टोलीहरुको टुंगो लाग्ने आयोजकले जनाएको छ ।

Post Comments