News तेस्रो नेपाल सुपर लिगमा सात टोलीहरुले मात्र खेल्ने
गोलनेपाल

काठमाडौ । यस वर्षको प्रतिष्ठित तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा कुल सात टोलीहरुले मात्र सहभागिता जनाउने भएका छन ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. का अनुसार यस सिजन बिरगंज र इलामले नखेल्ने भएका हुन । योसँगै लिगमा यसपटक झापा एफसी, ललितपुर सिटी एफसी, काठमाडौ रेजर्स, धनगढी सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले मात्र सहभागिता जनाउने छन ।

लिगको अक्सन यही फागुन १० गते हुँदैछ । नेपाल सुपर लिग भने आउँदो चैत्र १६ गतेदेखी शुरु हुने आयोजकले जनाएको छ । साथै प्रतियोगिता यश सिजन पोखरामा पनि हुने बताइएको छ ।

Post Comments