News एएफसी यु–१९ महिला छनौट : नेपाल पहिलो खेलमै पराजित
गोलनेपाल

थाइल्याण्डमा बुधबारदेखि शुरु एएफसी यु–१९ महिला च्याम्पियनसप छनौटतर्फ आफ्नो पहिलो खेलमै नेपालले हार बेहोरेको छ ।

समूह बी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा बलियो आयोजक थाइल्याण्डसँग ३–० को हार बेहोरेको हो ।

चोनबुरी स्टेडियममा सम्पन्न खेलको शुरुवात मै दुई गोल खान पुग्दा नेपालले लय गुमाउन पुगेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल शुक्रबार चिरप्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । बुधबार नै सम्पन्न पहिलो खेलमा भारतले पाकिस्तानलाई १८–० ले हराएको थियो ।

Post Comments