News ३८ औं गर्भनस गोल्डकप : एपिएफ पराजित
गोलनेपाल

सिक्किममा जारी ३८ औं अल इण्डिया गर्भनस गोल्डकप फुटबल प्रतियोगितामा नेपाली टोली सशस्त्र प्रहरीको एपिएफ क्लब पराजित हुन पुगेको छ ।

बुधबार सम्पन्न खेलमा एपिएफले जर्ज टेलिग्राफ, कोलकातासँग शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हार बेहोरेको हो ।

टेलिग्राफको जितमा महितेश रोयले एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै टेलिग्राफ क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा टेलिग्राफले चर्र्चित इण्डियन सुपर लिग क्लब एटलेटिको डि कोलकाताको रिजर्व टिमसँगै अक्टुबर २८ तारीखका दिन खेल्नेछ ।

प्रतियोगितामा नेपालको अर्को टोली मनाङ मस्र्याङ्दी क्लब पनि सहभागी छ ।

बाई पाएर सोझै क्वाटरफाइनलमा प्रवेश पाएको मनाङले ३० अक्टुबरका दिन रेनबो एससी र कोलकाता कस्टम्सबीचको बिजेतासँग खेल्नेछ ।

Post Comments