
बुटवल । सहज जित निकाल्दै आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवल जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुटवल–७, दिपनगर स्थित सिद्धेश्वरी मैदानमा भएको पहिलो सेमिफाइनलमा लखन ब्रदर्शले समपुर्ण युवा क्लब, सुपौलीलाई ४–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
लखन ब्रदर्शका लागि कप्तान मिलन आलेले ह्याट्रिक गरे भने थप एक गोल बिनोद भट्टराईले गरे । खेलमा ह्याट्रिक गरेका लखन ब्रदर्शका मिलन आले मगर म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन ५ गते सोमबारको दोस्रो सेमिफाइनल खेल देवदह ब्वाईज, देवदह र सियारी गाउँपालिका, सियारीबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।