News
नेपालको जितमा बिमला निर्णायक
काठमाडौं । सोमबारदेखि शुरु चारदेशीय महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले साँघुरो अन्तरको जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
दशरथ रगशालामा भएको खेलमा नेपालले किर्गिस्तानमाथि १–० को झिनो अन्तरको जित निकाल्यो । खेलको दशौं मिनटमा बिमला चौधरीले गरेको एक मात्र गोल नेपालको जितमा निर्णायक गोल साबित बन्यो ।
खेलमा नेपालले विपक्षीमाथि दबाब कायम गरे तापनि थप गोल गर्न भने सकेन । नेपालले आफ्नो आगामी खेल बिहीबार लेबनानसँग खेल्नेछ । सोही दिन किर्गिस्तानले म्यानमारको सामना गर्नेछ ।
स्मरण रहोस, सोमबार नै भएको पहिलो खेलमा म्यानमारले लेबनानमाथि ३–१ को प्रभावशाली जित हात पारेको थियो ।
Post Comments
Related News
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन गेम्सः साविक विजेता दक्षिण कोरिया र जापान फाइनलमा
- अरेबियन गल्फ कपः सेमिफाइनल पुग्ने चार टोलीहरुकै टुंगो लाग्यो
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने