News श्री कुमारी र आरसिटी क्वाटरफाइनलमा
गोलनेपाल

पनौती । श्री कुमारी क्लब र आरसिटीले यहाँ जारी लक्ष्मी नारायण (लक्ष्य) स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पनौती क्षेत्रीय रंगशालामा भएको पहिलो खेलमा श्री कुमारी क्लबले संकटा क्लबलाई ३–१ ले हरायो । श्री कुमारीको जितमा बिजय बिक, सुगम लिम्बु र यमन महर्जनले गोल गरे । पराजित संकटाका लागि भने कृष्ण बहादुर आलेले एक मात्र गोल फर्काएका थिए । खेलमा श्री कुमारी क्लबका यमन महर्जन म्यान अफ दि म्याच बने ।

दोस्रो खेलमा आरसिटीले बुद्धी बिकास मण्डललाई समान ३–१ को अन्तरले हरायो । आरसिटीका लागि निखिल तामाङ, अनिल बयम्बु र निसान क्षेत्रीले गोल गरे । उता बुद्धी बिकासका लागि सबिन राईले एक मात्र गोल गरे । खेलमा आरसिटीका समिर राई म्यान अफ दि म्याच चुनिए ।

मानेश्वरी ब्वाईज क्लब र मानेश्वरी आमा समूह, पनौती, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल १८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन १३ गतेका दिन हुनेछ ।

 

Post Comments