News धरान १५औं इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली
गोलनेपाल

इटहरी । धरान फुटबल क्लब, सुनसरी जारी कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो क्वाटरफाइनलमा धरानले चर्च ब्वाईज युनाइटेड, ललितपुरलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो ।

इटहरी रंगशालामा भएको खेलमा धरानका लागि दोर्जे तामाङ र बिबेक राईले गोल गरे । पराजित चर्च ब्वाइजका लागि भने अनन्त तामाङले एक मात्र गोल गरेका थिए ।

खेलमा धरानका दोर्जे तामाङ म्यान अफ दि म्याच चुनिए । उनलेे पुरस्कार बापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन ७ गते बुधबारको पहिलो सेमिफाइनल खेल युनाइटेड खर्साङ फुटबल क्लब, भारत र मच्छिन्द्र फुटबल क्लब, काठमाडौ बीच आयोजकले जानकारी दियो ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।

Post Comments