काठमाडौं । तेस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको पुर्वेली क्लब झापा एफसी, झापाले अनुभवी र प्रतिभावान खेलाडी छिरिङ लामालाई ए श्रेणी मै राख्ने गरी क्लबले निरन्तरता दिएको छ ।
पछिल्लो सिजन पनि झापा मै रहेर सुपर लिग खेलेका छिरिङलाई क्लबले महत्वपूर्ण खेलाडीका रुपमा चित्रण गरेको छ । छिरिङको क्षमता, अनुभव र प्रदर्शनले टोलीको स्तर अझै बलियो हुने विश्वास पनि झापा एफसीले लिएको छ ।
त्यसैगरी झापाले नेपाल सुपर लिगको तेस्रो संस्करणका लागि आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । झापा एफसीका अनुसार गाढा निलो सतहमा राखेर तयार पारिएको नयाँ लोगोले क्लबको महत्व, विरासत र लक्ष्यलाई दश्र्याएको छ । साथै क्लबले सम्बन्धित सञ्चारकर्मी र अन्यलाई नयाँ लोगो नै प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
स्मरण रहोस, नेपाल सुपर लिगको तेस्रो संस्करण आउँदो चैत्र १६ गतेदेखि शुरु हुने कार्यक्रम छ । साथै खेलाडीहरुको लिलामी भने यही फागुन १० गते हुँदैछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा