News
बागमती गोल्डकपमा घाईते प्रदिप लामालाई भरतपुर लगियो

झुरझुरे । मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईज युनाइटेड र एपिएफको खेल चलिरहँदा खेलका क्रममा चोटिल बनेका एपिएफका प्रदिप लामालाई भरतपुर लगिएको छ ।
शहिद स्मृति रंगशालामा भएको खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग भिड्दा मैदान मै अचेत भई ढल्न पुगेका थिए । उनको प्राथमिक उपचार मैदान मै गरिए तापनि थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो ।
प्रदिपको हाल भरतपुर मै उपचार भईरहेको क्लबले जनाएको छ । स्मरण रहोस, शुक्रबारको उक्त खेलमा एपिएफले चर्च ब्वाईजसँग २–३ को हार बेहोरेको थियो ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा