
फेदाप । तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजले मार्सेटारमा चैत्र २४ गते देखि ३० गते सम्म प्रथम ऐतिहासिक रामनवमी मेला खुल्ला पुरूष फुटबल रनिङकप प्रतियोगिता हुने भएको छ ।
राम नवमी मेला व्यवस्थापन समितिको आयोजनामा हुन लागेको प्रतियोगिता ९ ए साइडको जय दलजित खेलमादानमा सन्चालन हुने बताइको छ ।
प्रतियोगितामा जम्मा सोह्र टिमलाई मात्र सहभागि गराइने बताइएको छ ।
प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ सहित आधा तोला सुन र पचास तोला चॉदी जडित रनिङ ट्रफि प्राप्त गर्नेछ । जसको प्रयोजन धन लक्ष्मी फाउन्डेशन काठमान्डौले गरेको छ ।
त्यस्तै उपविजेताले १ लाख ५१ हजार सहित ट्रफि प्राप्त गर्नेछ ।उक्त पुरस्कारलाई किरात याक्थुङ चुम्लुङ हङकङका वर्तमान अध्यक्ष श्री सम्सेर तुम्बाङम्फेले स्वर्गीय बाजे मोहन सिंह सुब्बा तुम्बाहाङफेको स्मृतिमा प्रायोजन गर्नु भएको हो ।
प्रतियोगिता सन्चालनका लागि अनुमानित बाह्र लाख खर्च हुने आयोजक रामनवमी मेला व्यवस्थापन समिति अध्यक्ष सागर लिम्बु (लोकेन्द्र) ले बताउँनु भयो ।
उक्त प्रतियोगिताको प्रत्यक्ष प्रशारण नेपालको चर्चित स्पोट्स च्यानल गोल नेपाल डटकमबाट हुनेछ ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न