News निधी सेकेन्डरी र आदर्श स्कुल फाइनलमा भिड्दै
गोलनेपाल

इटहरी । निधी सेकेन्डरी स्कुल, झापा र आदर्श स्कुल अफ म्यानेजमेन्ट, झापा यहाँ जारी हिसान कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ निधी सेकेन्डरी स्कुलले पूर्वाञ्चल कलेज, मोरङलाई टाईब्रेकरमा ४–२ ले हराउँदै फाइनल प्रवेश गर्यो । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा निधी सेकेन्डरीका सिद्धान्त लिम्बु म्यान अफ दि म्याच बने ।

दोस्रोसेमिफाइनलमा आदर्श स्कुलले रेड स्टार क्लेज, मोरङलाई ३–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा आदर्श स्कुलका आदर्श स्कुलका नितेश लिम्बु म्यान अफ दि म्याच बने ।

हिसान सुनसरीको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत अब फागुन १५ गते बिहीबार नै हुने फाइनल खेलमा निधी सेकेन्डरी र आर्दश स्कुल उपाधिका लागि भिड्ने छन् ।

Post Comments