बिर्तामोड । आयोजक चारपाने युनाइटेड भेट्रान फुटबल क्लब (रातो) जारी प्रथम चारपाने युनाइटेड भेट्रान्स कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको क्वाटरफाइनलतर्फ चारपाने युनाइटेड (रातो) ले कट्टरडाँगी भेट्रान फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा चारपाने युनाइटेड (रातो) का बुद्ध चेम्जोङ म्यान अफ दि म्याच बने ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा सुकुना लेजेन्ड एफसी, सिलिगुरी, भारतले आयोजक कै अर्को टोली चारपाने युनाइटेड (निलो) लाई ५–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । खेलमा सुकुन लेजेन्डका जम्सेद अली म्यान अफ दि म्याच बने ।
चारपाने युनाइटेड भेट्रान फुटबल क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २१ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा