
इलाम । क्लब ओएसिस, इलामको आयोजनामा शनिबारदेखि शुरु हुन गईरहेको दोस्रो करेन्ट ओएसिस महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लब ओएसिस, इलाम र पदमा स्र्पोटिङ क्लब, ओखलढुङ्गा भिड्दै छन् ।
टुडिंखेल मैदानमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको छ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरु सहभागि छन् । जसमा नेपालको लिग च्याम्पियनसहित अन्य दुई विभागीय टोली आर्मी र पुलिस क्लब पनि रहेका छन् ।
यशोदा फुड्स प्रा.लि. को करेन्ट चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २४ गतेका दिन हुनेछ ।
साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र, प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।