News कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा थ्रीस्टार
गोलनेपाल

कपिलवस्तु । थ्रीस्टार क्लब यहाँ जारी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा थ्रीस्टारले संकटा फुटबल क्लबलाई १-० ले हराउँदै उपाधी नजिक पुगेको हो । बुद्ध रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि मुकुन्द निउरेले एकमात्र निर्णायक गोल गरेको ।

खेलको म्यान अफ दि म्याच भने थ्रीस्टारकै सुबित कार्की घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन १९ गते सोमबारको दोस्रो सेमिफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र जोङग्री एफसी, सिक्किमबीच हुने आयोजकले जानकारी दियो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक संघका अध्यक्ष तिलक थापाले बताए । फाइनल खेल यही फागुन २१ गतेका दिन हुनेछ ।

Post Comments