
कोहलपुर । प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौं जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा प्लानिङ ब्वाईजले राईनो फुटबल क्लबलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । प्लानिङ ब्वाईजका लागि एलेक्स र सरोज कार्कीले गोल गरे ।
प्लानिङ ब्वाईज कै एलेक्स खेलको म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २० गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल अफ्रिकन घाना एफसी, घाना र काक्रेबिहार एफसी, सुर्खेतबीच हुने आयोजकले जानकारी दियो ।
कोहलपुर रेसिङ सहारा फुटबल क्लब, कोहलपुर, बाँकेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २४ गतेका दिन हुनेछ ।