रेडहर्स एफसी इलाम झापाको बुट्टाबारीमा जारी तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा रेडहर्सले मोरङ्गको विराटनगर सिटी फुटबल क्लबलाई सडनडेथमा पराजित गर्यो ।
निर्धारित समय ३–३ गोलको बराबरी भएपछि निर्णयका लागि ट्राइब्रेकर रोजिएको थियो । ट्राइब्रेकरका विराटनगरका तर्फबाट समिर चौधरी, निश्चल र निवासले गोल गरे । रेडहर्सका तर्फबाट पुष्कर दाहाल, म्याग्नेट लिम्बु, विवेक र सन्देलले गोल गरी टिमलाई विजयी बनाए । खेलको प्लेयर अफ द म्याच रेडहर्कका गोलरक्षक निशान दनुवार घोषित भए । उनले नगद ३ हजार र ट्रफी पाए । भोलिको अन्तिम क्वार्टर फाइनल खेल बगान युथ क्लब झापा र न्यू स्टार फुटबल क्लब सुनसरीबीच हुने क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।
८ टिम सहभागी प्रतियोगिताको विजेतालाई २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेतालाई एक लाख एक हजार १११ रुपैयाँसहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष हिमाल कन्दङवाले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै, बेस्ट प्लेयरलाई १५ हजार, हाई स्कोररलाई १० हजार, राइजिङ प्लेयरलाई १० हजार र बेस्ट गोलकिपरलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा