News महिला वरियतामा शिर्ष सय भित्र नेपाल
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियता अनुसार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आफ्नो वरियतामा व्यापक सुधार गरेको छ ।

फिफाले मार्च महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल चार स्थान माथि उक्लिदै ९९औं स्थानमा रहेर शिर्ष सय भित्र पर्न सफल भएको छ । दक्षिण एसियातर्फ भने नेपाल भारत पछि दोस्रो स्थानमा यथावत छ ।

फिफा वरियताको ६९औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा कायम छ । त्यस्तै १३३औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा रहँदा १५७औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ चौथो स्थानमा छ ।

१५८औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ पाँचौं स्थानमा रहँदा १६३औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यसैगरी १७१औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व वरियताको शिर्ष स्थानमा अमेरिका छ । दोस्रो स्थानमा स्पेन रहँदा तेस्रो स्थानमा जर्मनी रहेको छ । विश्व वरियताको शिर्ष दश स्थानभित्र एसियाका दुई टोली जापान (पाँचौं स्थान) र उत्तर कोरिया (नवौं स्थान) रहेका छन् ।

Post Comments