पॉचथरको फिदिममा वाइवाई पॉचौ अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप शनिबारबाट सुरू भएको छ ।
उदघाटन खेलमा इन्ट्रा पथरी ११ले विजयी सुरूवात गरेको छ । आयोजक पाँचथर क्लब लाई हराउदै पथरी सेमीफाइनल प्रबेश गरेको हो । फिदिम माविको खेल मैदानमा सम्पन्न भएको उद्घाटन खेलमा पथरीले आयोजक पाँचथर क्लबललाई २–० गोलले हरायो । पथरीको जितमा सनम घिमाल र अकींत लिम्बुले एक एक गोल गरे । खेलको ५ औ मिनेटमा सनम घिमालको गोलमा पथरीले अग्रता लिएको थियो । अफसाइड भनि पाँचथरका डिफेन्डरहरुले सनमलाइ खाली छाड्दा पाँचथरले गोल खाएको थियो । दोश्रो हाफको अतिरिक्त समयमा पथरीका अंकित लिम्बुले गोल गर्दै टिमलाई बिजयी बनाए ।
पथरीको पोष्टमा अधिकांश समय प्रहार गरे पनि गोल गर्न चुक्दा पाँचथर प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेका पथरीका गोल रक्षक समिर क्षेत्री प्लेयर अफ दि म्याच बन्दै नगद ७ हजार ५ सय प्राप्त गरे । फिदिम १२ निवासी सुनिता राई फ्यान अफ दि म्याच बन्दै नगर २ हजार ५ सय प्राप्त गरिन । प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियलकी साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ । आइतबार दोस्रो क्वाटर फाइनलमा चर्च व्वाइज युनाइटेड र हिल्स फुटबल एकेडेमी भारत भिडनेछन ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात