सहिद स्मारक ए डिभिजन क्लब मच्छिन्द्र एफसीलाई स्तब्ध पार्दै सप्तरीको नमो बुद्ध युथ क्लब पाँचौ पाँचथर गोल्डकप च्याम्पियन बनेको छ ।
सप्तरीले दोस्रो पटक गोल्डकपमा सहभागिता जनाएको हो । चौँथो संस्करणमा पहिलो चरणमै घर फर्केका सप्तरी पाँचौ संस्करणमा भने च्याम्पियन बन्दै उपाधिसहित घर फर्किएको छ । उपाधिको दाबेदार मानिएको मच्छिन्द्रविरुद्ध सप्तरीले १-० गोलको साँघुरो जित निकाल्दै च्याम्पियन बनेको हो । सप्तरीका लागि विदेशी खेलाडी एलेक्सले खेलको ७३औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
खेलको प्लेयर अफ दी म्याच सप्तरीका निर्मल घिसिङ भए । उनले नगद ७ हजार ५ सयसहित ट्रफी पाउँदा आयोजका निरोश लिङदेन राइजिङ प्लेयर बन्दै नगद १० हजार पाउन सफल भए । यसैगरी, सर्वाधिक गोलकर्तामा सप्तरीका एलेक्स र चर्च ब्वाइज युनाइटेडका राज भुषाल भए ।
यसैगरी, बेस्ट डिफेन्डर मच्छिन्द्रका देवेन्द्र तामाङ, बेस्ट मिडफिल्डर सप्तरीका विवेक राई, बेस्ट कोच धनकुमार तामाङ, बेस्ट गोलकिपर जियारथ शेख र सर्वोत्कृष्ट खेलाडी सप्तरीकै दिपेश चाम्लिङ बने । विधागत पुरस्कारतर्फ नगद १० हजार र ट्रफी रहेको थियो भने सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार र ट्रफी प्रदान गरियो ।
पाँचथर क्लबले आयोजना गरेको गोल्डकपको विजेता सप्तरीले नगद ११ लाख १ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेता मच्छिन्द्रले नगद ५ लाख ५५ हजारमा चित्त बुझाएको छ ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात