News सयपत्री र सौभाग्यलाई सफलता
सुरज राना मगर

बुटवल । सौभाग्य युवा क्लब र सयपत्री युवा क्लबले जारी प्रथम चरङ्गे कप सेभेन ए साईड फुटबल प्रतियोगितातर्फ आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको पहिलो खेलमा सयपत्रीले रम्भादेवी एफसीलाई शुन्यका विरुद्ध २ गोलले हरायो । सयपत्रीको जितमा दुवै गोल रोहन थापाले गरे । थापा नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

सौभाग्यसँग खैरेनी निराश

त्यस्तै दोस्रो खेलमा सौभाग्य युवा क्लबले खैरेनी एफसीलाई पेनाल्टी शुटआउटमा २–० ले हरायो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सौभाग्यका विशेष राना म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत पुष २२ गते बुधबार पनि दुई खेलहरु हुँदैछन् । जसतर्फ लिस्नु युवा क्लबले सक्रिय एफसीको सामना गर्नेछ भने अर्को खेलमा झरना स्पोर्टस क्लब र फ्रेण्डसिप एफसी भिड्ने छन् ।

चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक गणेश परियारले बताए ।

 

 

Post Comments