News १८औं आहा ! रारा गोल्ड कपबाट करिब १९ लाख बचत
गोलनेपाल

पोखरा । गण्डकी प्रदेशकै उत्कृष्ट फुटवल प्रतियोगिताका रुपमा परिचित १८औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैया आम्दानी हुँदा सो रकम बचत भएको सहारा क्लवले जनाएको छ ।

“खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा स्थापित गरौैं” भन्ने मुलभूत उद्देश्यका साथ आयोजना भएको उक्त प्रतियोगिता सम्पन्न गर्न भने ६९ लाख १२ हजार ७ सय ९ रुपैया खर्च भएको क्लवले जनाएको छ । उक्त प्रतियोगिताको प्रबेश टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताए ।

त्यसैगरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको गुरुङले बताए । मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ ह्जार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लव हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शिर्शकमा खर्च भएको क्लवका कोषाध्यक्ष राजु लालचनले जनाए ।

बचत भएको उक्त रकम क्लवले सहारा एकेडेमीमा रहेका वालवालिकाहरुको लागि खर्च गर्दै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । कोरोनाको कारणले गर्दा अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जसले गर्दा यस बर्ष आय व्यय ढिलो सार्वजनिक गरिएको क्लवले जनाएको छ ।

नेपाल पुलिस क्लवलाई फाइनलमा पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवले आहा रारा गोल्ड कपको उपाधि सहित नगद १० लाख एक हजार रुपैया पुरस्कार हात पार्न सफल भएको थियो । प्रतियोगितामा भारतको एक टीम सहित १० टिमको सहभागिता रहेको थियो ।

Post Comments