मेचीनगर । यहाँ सम्पन्न मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाईज युनाइटेड, ललितपुरले जितेको छ । फाइनलमा आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई शून्यका विरुद्ध १ गोलले हराउँदै चर्च ब्वाईज च्याम्पियन बनेको हो ।
मेचीनगर स्थित काकरभिट्टा खेलमैदानमा भएको खेलमा चर्च ब्वाईजका लागि समिर तामाङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता समिर तामाङ नै फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए ।
विजेता बनेको चर्च ब्वाईजले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता काकरभिट्टाले ५ लाखसहित ट्रफी, मेडलमा चित्त बुझायो । अन्य विधागततर्फ काकरभिट्टाका खामिर गिल्सन प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
त्यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाईजका टिकेन्द्र थापा बन्दा काकरभिट्टाका दिवस उराउ उत्कृष्ट डिफेन्डर बने । चर्च ब्वाईज कै सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्दा काकरभिट्टाका पर्शु राई उदीयमान खेलाडी चुनिए ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार भने चर्च ब्वाईजका अबायोमी फाकुन्ले र मच्छिन्द्रका युसुफ मलिकले संयुक्त रुपमा हात पारे । दुवै खेलाडीले प्रतियोगिताभरि समान ३–३ गोल गरेका थिए ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतले पुरस्कृत गरेका थिए ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा