News रारा एफसी उपाधि नजिक
गोलनेपाल

बेलबारी । रारा फुटबल क्लब, राजारानी धनकुटा जारी टुबोर्ग स्व.संजोग स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिmाइनलमा बिन्दावासिनी फुटबल क्लब, बिराटनगरलाई टाईब्रेकरमा ४–३ ले हराउँदै रारा उपाधि नजिक पुगेको हो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता भने बिन्दावासिनीले लिएको थियो । खेलको छैटौं मिनटमै प्रवेश दनुवारले आत्मघाती गोल गर्दा रारा खेलमा पछि परेको थियो । तर २५औं मिनटमा बुद्ध चेम्जोङले राराका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा राराका लागि योगेश गुरुङ, बुद्ध चेम्जोङ, सुनिल खड्का र रुपेश केसीले गोल गरे भने प्रवेश दनुवार चुकेका थिए । उता बिन्दावासिनीका लागि अनिल धामी, पदम भट्टराई, मिलन राईले गोल गरे भने अजित चौधरी र कैलाश बस्नेतले गोल गर्न असफल भएका थिए । खेलको म्यान अफ द म्याच रारा एफसी कै बुद्ध चेम्जोङ घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष २३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सताक्षीधाम स्र्पोटिङ क्लब, झापा र धरान सिटी एकेडेमी फुटबल क्लब, धरानबीच हुने आयोजकले जनाएको छ ।

बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।

 

 

Post Comments