News विजयी शुरुवातका साथ एपिएफ सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । विजयी शुरुवातका साथ एपिएफ फुटबल क्लब, काठमाडौं प्रतिष्ठित २३औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

एपिएफका लागि हरी कार्कीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । प्रतिकुल मौसमका कारण शनिबार स्थगित भएको एपिएफ र रुपन्देही बीचको खेलमा अन्ततः एपिएफ सफल बन्यो ।

खेलमा एपिएफका बिशाल गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँसहित ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत चैत्र १० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड, ललितपुर र नेपाल पुलिस क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२,१२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६,६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १६ गतेका दिन हुनेछ ।

Post Comments