News तेस्रो नेपाल सुपर लिगको दोस्रो खेल पनि बराबरीमा टुंगियो
गोलनेपाल

काठमाडौं । जारी तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो खेल आइतबार बराबरीमा टुंगिएको छ । बुटवल लुम्बिनी एफसी र झापा एफसी बीच दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

यो बराबरी नतिजासँगै बुटवल र झापाले पनि आ–आफ्नो खातामा एक–एक अंक जोडेका छन् । स्मरण रहोस, लिगको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजसी र ललितपुर सिटीले पनि २–२ गोलको बराबरी खेलेका थिए ।

खेलमा बुटवल लुम्बिनीका गोलरक्षक दिप कार्की भ्यालुएबल प्लेयर अफ दि म्याच बने । त्यस्तै झापाका लाकेन लिम्बु इनर्जेटिक प्लेयर अफ दि म्याच घोषित भए ।

लिग अन्तर्गत चैत्र १८ गते सोमबार अन्जन विष्ट सम्मिलित एफसी चितवन र आयुष घलान आवद्ध पोखरा थन्डर्स आमने सामने हुनेछन् ।

Post Comments