
फेदाप । तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ यावरामा जारी दोस्रो ओयाक्जुङ गोल्डकप पालिका स्तरीय पुरूष फुटबल प्रतियोगिताको तेस्रो दिन पनि तीन खेल सम्पन्न भएका छन ।
बुधबार यावरा खेल मैदानमा सम्पन्न प्रिक्वाटरको अन्तिम खेलमा आयोजक ए लाई शुन्यका विरूद्ध दुइ गोलले पराजित गर्दै फेदाप ५ इशिबु क्वाटर फाइनलमा प्रवेश गरेको छ । इशिबुको जितका लागि सनम सिरूवालले एक गोल गरे भने आयोजकका मौसम लिम्बुले आत्मघाति गोल गरे । खेलको म्यान अफ दि म्याच इशिबुका सनम सिरूवाल घोषित भए ।
त्यसै गरी आज नै सम्पन्न दोस्रो खेल (क्वाटर फाइनलको पहिलो खेलमा ) फेदाप गाउँपालिकाले फेदाप १ सिम्लेलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फेदाप गाउँपालिकाको जितका लागि सरोज लिम्बुले तीन र सुवास लिम्बुले दुइ गोल गरे । खेलको म्यान अफ दि म्याच फेदापका सरोज लिम्बु घोषित भए ।
त्यस्तै दोस्रो क्वाटर फाइनलमा छथर गाउँपालिकाले मेन्छ्यायेम गाउँपालिकालाई ५-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।छथरको जितका लागि टेक बहादुर श्रेष्ठले दुइ गोल,सुमन लिम्बु,बिक्रम लिम्बु र काजी तामाङले एक एक गोल गरे। मेन्छ्यायेमको तर्फबाट तुलसी लिम्बुले शान्त्वना गोल फर्काए । खेलको म्यान अफ दि म्याच छथरका बिक्रम लिम्बु भए । प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद पॉचसय प्राप्त गरे ।
प्रतियोगिताको चौथो दिन बिहीबार पुरूष तर्फका अन्तिम दुइ क्वाटर फाइनल खेल सन्चालन हुनेछन ।तेस्रो क्वाटरफाइनल खेलमा म्याङलुङ नगरपालिका ६ र मेन्छ्यायेम गाउँपालिका २ चनचले बिच प्रतिस्पर्धा हुनेछ ।त्यस्तै अन्तिम क्वाटर फाइनलमा फेदाप ५ इशिबु र कुम्मायक गाउँपालिका पॉचथर भिड्नेछन ।
गोल्डकपमा पुरूष तर्फ तेह्रथुम जिल्लाका सबै स्थानीय तहहरू र छिमेकी जिल्ला पॉचथर गरी जम्मा १२ टिमको सहभागिता रहेको थियो। त्यस्तै महिला तर्फ चार वटा आमन्त्रित टिमहरू रहने उल्लेख गरिएको छ ।
ओयाक्जुङ गोल्डकप सन्चालन समितिको आयोजनामा चैत्र १८ गते देखि शुरू प्रतियोगिता चैत्र २३ गते सकिने छ । पुरूष तर्फको विजेताले १ लाख ५० हजार सहित सुन जडित तीन वर्षे रनिङ ट्र्फि मेडल र प्रमाण पत्र साथै उपविजेताले ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
विजेताले प्राप्त गर्ने सुन जडित रनिङ ट्रफि स्व. याम बहादुर मादेम्बाको स्मृतिमा उनको सहपरिवार फेदाप २ ओयाक्जुङले प्रायोजन गरेका हुन ।
त्यसै गरी आमन्त्रित महिला फुटबलको विजेताले ३० हजार सहित सुन जडित रनिङ ट्र्फि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । नगद पुरस्कारको प्रायोजन किरण मादेम्बा फेदाप २ ओयाक्जुङ हाल पोल्यान्डले गरेका हुन भने सुन जडित रनिङ ट्रफि स्व. आमा चोल मायॉ पंधाक मादेम्बाको स्मृतिमा नेपाली सेनामा कार्यारत छोरा नविन मादेम्बा फेदाप २ ओयाक्जुङ हाल यु एन मिसन लिबिया शान्ति सेनाले प्रायोजन गरेका छन । उपविजेताले भने १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
गोल्डकपमा प्रत्येक खेलको प्लेयर अफ दि म्याच तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,वेष्ट डिफेन्स,वेष्ट गोल किपर,सर्वाधिक गोलकर्ता,वेष्ट स्टाइकर लगायत विधागत उत्कृष्टले समेत उचित पुरस्कार प्राप्त गर्नेछन ।