News तेह्रथुम: कुम्मायकलाई निराश पार्दै जिरिखिम्तिले हात पार्यो दोस्रो ओयाक्जुङ गोल्डकपको उपाधि
गोलनेपाल

तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ यावरामा सम्पन्न दोस्रो ओयाक्जुङ गोल्डकप पालिका स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधि म्याङलुङ नगरपालिका ६ जिरिखिम्तिले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनलमा कुम्मायक गाउँपालिकालाई पेनाल्टि सुट आउटमा ३-१ गोल अनितरले पराजित गर्दै जिरिखिम्तिले उपाधि चुमेको हो । निर्धारित समयमा दुबै टिमबाट तीन तीन गोलको बरीबरी भएपछि नतिजा पेनाल्टि सु आउट मार्फत निकालिएको थियो । खेलकोपहिलो हाफमा दुइ शुन्यको अग्रता बनाएको कुम्मायकले दोस्रो हाफको ३६औँ मिनेटमा थप गोल गर्दै अग्रता तेब्बर बनाएको थियो । त्यसपछि जिरिखिम्तिले एक पछि अर्को गोल गर्दै अन्तिम समय सम सम्ममा खेललाई तीन तीन गोलको बराबरीमा पुर्याएको थियो ।

प्रतियोगिताको विजेता जिरिखिम्तिले १ लाख ५० हजार सहित सुन जडित तीन वर्षे रनिङ ट्र्फि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता कुम्मायकले ७५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो । विजेताले प्राप्त गर्ने सुन जडित रनिङ ट्रफि स्व. याम बहादुर मादेम्बाको स्मृतिमा उनको सहपरिवार फेदाप २ ओयाक्जुङले प्रायोजन गरेका हुन । आमन्त्रित महिला फुटबलको उपाधि आयोजकलाई त्यस्तै गोल्डकपको अवसरमा आयोजना गरिएको आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक ओयाक्जुङले हात पारेको छ ।

शनिबार नै सम्पन्न फाइनलमा म्याङलुङ नगरपालिकालाई पेनाल्टि सुट आउटमा ३-२ गोलले पराजित गर्दै आयोजकले उपाधि चुमेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो । विजेता आयोजकले ३० हजार सहित सुन जडित रनिङ ट्र्फि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नगद पुरस्कारको प्रायोजन किरण मादेम्बा फेदाप २ ओयाक्जुङ हाल पोल्यान्डले गरेका हुन भने सुन जडित रनिङ ट्रफि स्व. आमा चोल मायॉ पंधाक मादेम्बाको स्मृतिमा नेपाली सेनामा कार्यारत छोरा नविन मादेम्बा फेदाप २ ओयाक्जुङ हाल यु एन मिसन लिबिया शान्ति सेनाले प्रायोजन गरेका छन । उपविजेता म्याङलुङ नगरपालिकाले भने १५ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

ओयाक्जुङ गोल्डकप सन्चालन समितिको आयोजनामा चैत्र १८ गते देखि शुरू प्रतियोगिता चैत्र २३ गते भव्य रूपमा सम्पन्न भएको छ ।

Post Comments