News २७औं रामनवमी कप शुरु, सिर्जनशीलको विजयी शुरुवात
गोलनेपाल

खोक्लिङ । ताप्लेजुङको खोक्लिङमा आइतबारदेखि शुरु भएको २७औं रामनवमी कप खुला नकआउट फुटबल प्रतियोगितामा सिर्जनशील सामाजिक युवा समाजले विजयी शुरुवात गरेको छ ।

उद्घाटन ेलमा सिर्जनशीलले पृथ्वी एण्ड लेसनमाया एम.वाइ.सी. लाई टाईब्रेकरमा ४–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयतर्फ दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सिर्जनशीलका लागि सन्जोग लिम्बुले गोल गरेका थिए भने पुथ्वी एण्ड लेसनमायाका लागि एलिम लिम्बुले गोल फर्काएका थिए ।

खेलमा सिर्जनशीलका गोलरक्षक बसन्त तामाङ म्यान अफ दि म्याच घोषित भए । यो जितसँगै सिर्जनशील सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चेत्र २५ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल बगान युथ क्लब र थलङ स्र्पोटिङ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सिर्जनशील सामाजिक युवा समाज, खोक्लिङ, ताप्लेजुङको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २८ गतेका दिन हुनेछ ।

 

Post Comments