काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले वार्षिक रुपमा प्रदान गर्दै आएको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट गोलनेपालकर्मी बिक्रम कुमार बानियाँ पनि पुरस्कृत हुने भएका छन् ।
खेलकुद मन्त्रालयको पुरस्कार मुल्यांकन समितिले मुल्यांकन गरी दश खेलकुद पत्रकारहरुले प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भए बमोजिम सोही दश जनाको सूचीमा बागमती प्रदेशबाट बानियाँ पनि परेका हुन् ।
मकवानपुरको स्थानीय फुटबलदेखि घरेलु फुटबलको शिर्ष लिग ए डिभिजन लिगतर्फ खेलाडीका रुपमा समेत लामो समय बिताएका बिक्रम कुमार बानियाँ पछिल्लो एक दशक यता गोलनेपालको सह–सम्पादक तथा बागमती प्रदेश ब्युरो प्रमुखका रुपमा समेत खेल पत्रकारितामा सक्रिय छन् ।
खेल पत्रकारिकता कै क्रममा देशका विभिन्न जिल्ला तथा विदेशमा समेत पुगेका बानियाँले पछिल्लोपटक सन् २०२३ मा साउदी अरेबियामा सम्पन्न भएको फिफा क्लब विश्वकपमा समेत गोलनेपालको प्रतिनिधिका रुपमा सहभागि भई रिर्पोटिङ्ग गरेका थिए ।
लामो समयदेखि फुटबल मै समर्पित बानियाँले यो नेपाल सरकारको प्रतिष्ठित खेलकुद पत्रकार प्रोत्साहन सम्मान पाउनु भनेको आफ्नो लागि गौरवसँगै सौभाग्यको कुरा भएको बताए । यो सम्मानले आफूलाई आउने दिनमा खेलकुद पत्रकारितामा थप रचनात्मक काम गर्न हौसला मिल्ने समेत उनले बताए ।
सम्मानित हुने खेलपत्रकारहरुको नामावलीः

- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै