काठमाडौं । नेपाली फुटबल खेलाडीहरुको छाता संगठन नेपाल फुटबल खेलाडी संघको पहलमा मोरङ जिल्ला, बेलबारी निवासी युवा खेलाडी सन्देश आचार्यको निःशुल्क घँुडाको शल्यक्रिया सम्पन्न भएको छ ।
सन्देशको शल्यक्रिया खेलाडी संघको सहयोगी संस्था बी एण्ड बी अस्पतालमा सम्पन्न भएको हो । फुटबल खेलाडी संघले खेलाडीहरुको उपचारको पहल थालेयता सन्देश सुविधा उपभोग गर्ने २ सय ११औं खेलाडी रहेको समेत संघले जनाएको छ ।
करिब ८ महिनासम्म उपचारका लागि सन्देशले स्थानीय रुपमा कुनै सहयोग नपाएपछि बेलबारी फुटबल क्लबका प्रतिनिधि शंकर सुबेदीले फुटबल खेलाडी संघसँग सहयोगका लागि पहल गरेका थिए । अनि मात्र सन्देशको शल्यक्रिया सम्भव भएको हो ।
खेलाडी संघका अध्यक्ष बिक्रम लामाले दुःख र कठिन परिस्थतिमा परेका खेलाडीहरुलाई खेलाडी संघले सकेको सहयोग गर्ने बताए । साथै उनले खेलाडी संघको पहलमा शल्यक्रिय गरेका धेरै खेलाडीहरु हाल एन्फाको फिजियोथेरापी विभागमा निःशुल्क परामर्श तथा फिजियो गरेर मैदानमा फर्कने तयारी गरिरहेको समेत बताए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)