
चुलाचुली गाउँपालिकामा जारी प्रथम अन्तर पालिका स्तरीय अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा शिवसताक्षि नगरपालिकाले दमक नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएको थियो। खेलको पहिलो हाफमै दुवै गोल सम्भव भएका थिए। शिवसताक्षिका लागि जर्सी नं १४ का जोन मुर्मुले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए। तर, त्यसको केही समयपछि नै दमकका धिरेन्द्र भुजेलले बराबरी गोल फर्काउँदै खेललाई रोमाञ्चक बनाए।
निर्धारित समयपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो, जहाँ शिवसताक्षिका गोलकिपर बसन्त लिम्बुको उत्कृष्ट प्रदर्शनले टिमलाई जित दिलायो। उनी खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल भोली माइ नगरपालिका र आयोजक चुलाचुली गाउँपालिका रातो बीच हुनेछ।