News
विशेष अभ्यासका लागि मनाङ पुग्यो टिम नेपाल
काठमाडौं । दुई अन्तर्राष्ट्रिय फुटबल म्याच खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली विशेष अभ्यासका लागि मनाङ जिल्ला पुगेको छ । मुख्य प्रशिक्षक म्याट रोसले खेलाडीहरुको स्टामिना र क्षमता अभिवृद्धिका लागि फरक प्रयोग गर्ने उद्देश्यका साथ हाई अल्टिच्युड अभ्यासका लागि टिम नेपाल मनाङ पुगेको हो ।
नेपाली टोलीले मनाङमा करिब एक साता लामो अभ्यास गर्ने बताइएको छ । हाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडीहरु सामेल छन् । त्यसमध्येबाट छिटै फाइनल स्क्वाड घोषणा गरिने पनि निकट स्रोतले जनाएको छ ।
स्मरण रहोस, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो जुन ५ तारीखका दिन हङ्गकङ्गसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्नेछ भने जुन १० तारीखका दिन एएफसी एसियन कप छनौटतर्फको खेलमा लाओससँग अवे म्याच खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)