काठमाडौं । नेपाल फुटबल खेलाडी संघको पहल तथा स्वास्थ्य सहयोगी संस्था बि एन्ड बि हस्पिटलको सहयोगमा कास्की जिल्ला निवासी १९ बर्षिय खेलाडी मनिष क्षेत्रीको घुँडाको शल्यक्रिया पूर्ण रुपमा निस्शुल्क सम्पन्न भएको छ ।
संघका अनुसार खेलाडी क्षेत्रीलाई आफ्नो उपचारका दौरान कुनै समस्या नहोस् भनेर सहयोगी हातहरुको समन्वयमा उनको एमआरआईदेखि आवास र खानपिनको पनि उपलब्ध गराएका छौं । साथै योसँगै संघको पहलमा एमआरआई तथा उपचारमा समन्वय गर्दै सुविधा लिनुहुनेको संख्या २०४ पुगेको अध्यक्ष लामाले जानकारी दिए ।
नेपाल फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाका अनुसार संघले चर्चित बि एण्ड बि हस्पिटल प्रा.लि.सँगको सहकार्यमा युवा खेलाडी मनिषको शल्यक्रिया निःशुल्क रुपमा सम्पन्न गरिएको हो । संघले सोही अवसरमा सहयोगी सबैप्रति आभार प्रकट गर्दै चोटिल खेलाडी मनिषको शिर्घ स्वास्थ्य लाभको सामना समेत गरेको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न