News
रेडहर्ष र धाइजन-चारआली बाहुनडाँगी कपको फाइनल खेल्दै
बाहुनडाँगी (झापा) । मेचीनगर ४ बाहुनडाँगीस्थित सरस्वती माविको खेलमैदानमा इलामको रेडहर्ष एफसीले झापाको धाइजन-चारआली एफसीसँग प्रथम बाहुनडाँगी च्यालेञ्ज कपको फाइनल आज खेल्दैछ ।
बाहुनडाँगी युवा क्लबको आयोजना तथा विद्या विकास एकाडेमीको मुख्य प्रायोजनमा आयोजित च्यालेञ्ज कपको पहिलो सेमिफाइनलमा झापाको शनिश्चरे एफसीलाई सडन डेथमा पराजित गरेर इलाम उपाधि नजिक पुगेको हो ।
निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि निर्णय सडन डेथबाट भएको हो । जसमा इलामले ६-५ गोलअन्तरले बाजी मारेको थियो ।
यस्तै, अन्तिम सेमिफाइनल खेलमा धाइजन चारआलीले आयोजक बाहुनडाँगीलाई २-० गोलअन्तरको स्पष्ट जित निकाल्दै उपाधि होडमा पुगेको थियो । जसमा आर्यन राई र आशिष चापागाईंले गोल गरेका थिए ।
बाहुनडाँगी च्यालेञ्ज कपको च्याम्पियन बन्ने टोलीले एक लाख ११ हजारसहित ट्रफी पाउँदा उपविजेताले नगद ६१ हजारमा चित्त बुझाउनु पर्ने हुन्छ । यस्तै, सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद १५ हजार र अन्य विधागत पुरस्कृत खेलाडीले जनही ५-५ हजार पाउने छन् ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा