News पल्सर स्पोर्टस अवार्डः गौरिका र मन्डेकाजी बने उत्कृष्ट
गोलनेपाल

पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ १७औं संस्करणको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रममा गौरिका महिलातर्फ र मन्देकाजी पुरुषतर्फ उत्कृष्ट चुनिएका हुन् ।

घरेलु भुमीका आयोजित १३औ दक्षिण एसियाली खेलकुद (साग)मा ४ स्वर्ण जितेकी गौरिकाले स्वर्णधारी खेलाडी करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै सर्वोत्कृष्ट बनिन् ।

मन्देकाजीले सागकै स्वर्णधारी फुटबल खेलाडी विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पारे ।

भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज विधाको अवार्ड हात पारिन् । पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजीश्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अरुणा वर्षकी लोकप्रिय खेलाडी घोषित बन्न सफल भईन् ।

२७ वर्षिया अवार्ड विजेता खेलाडी अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशतमत ल्याए । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशतमत हालिस गरेकी थिइन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन् ।

यस्तै, गल्फका सुवास तामाङले वर्ष युवा खेलाडीको अवार्ड जित्न सफल भए । तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै सागका दोहोरो स्वर्ण विजेता सुवास युवा खेलाडीको अवार्डतर्फ अब्बल ठहरिए ।

तेक्वान्दोका प्रशिक्षक नवीन कुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरे । उसुका अमर कुमार थिङ, कराँतेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै नवीन उत्कृष्ट ठहरिएका हुन् ।

तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले स्पेशल अवार्ड प्राप्त गरे । एभीसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण विजेता महिला भलिबलले टिम अफ द इयरको अवार्ड प्राप्त गर्यो ।

मञ्चले यस वर्ष पूर्व टेबलटेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्यो ।

दिगम सिंहले पारा एथ्लिट अवार्ड प्राप्त गर्दा मलेसियाका अहमद खवारी इशा एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्डबाट सम्मानित भए ।

वर्ष पुरुष, महिला, प्रशिक्षक र युवागरि चार विधाका विजेता खेलाडी तथा प्रशिक्षकले पल्सरको मोटरसाईकल प्राप्त गरे । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

हंशराज हुलास चन्द एण्ड कम्पनीको मुख्य प्रायोजनमा सञ्चालित अवार्डमा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य रहेको थियो । सह–प्रयोजकको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटी रहेका थिए ।

Post Comments