ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने आठवटै टिमको टुङ्गो लागेको छ । आगामी भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ ११ सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिष्पर्धा गर्ने भएका छन् । त्यस्तै गत वर्षको विजेता सलहेश युवा क्लब सिराह, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ ले यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ । उहाँका अनुसार प्रतिष्ठित क्लबहरू सातदोबाटो फुटबल क्लब, चित्लाङ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबलाई आमन्त्रण गरिएको छ ।
यस वर्षको प्रतियोगितामा भुटान तथा मलेसियाको क्लबलाई समेत सहभागिता गराउने आयोजकको तयारी भएपनि आर्थिक अभावका कारण पुरा हुन नसकेको अध्यक्ष मादेनको भनाइ छ । मादेनका अनुसार भुटानको क्लबलाई मैदान उतार्दा कम्तीमा छ लाख रुपियाँ भन्दा बढी रकम भुक्तानी गर्नु पर्ने भएकाले तत्कालका लागि सम्भावना नभएकाले ती क्लबलाई भित्र्याउन नसकिएको हो ।
टिमको टुङगो लागेसँगै अब तत्कालै पर्यटकीय क्षेत्रबाट यस वर्षको खेल तालिका सार्वजनिक गर्ने आयोजकको तयारी छ । गत वर्ष पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएकोमा यस वर्ष पनि पर्यटकीय क्षेत्र सिङ्जेमा ताल, स्याम्दो ताल, लोदेन, कञ्चनजङ्घा बेस क्याम्प लगायतको कुनै एक क्षेत्रबाट तालिका सार्वजनिक गर्ने गरि आयोजकले समन्वय गरिरहेको बताइएको छ ।
- ताप्लेजुङ गोल्डकपलाई ३ लाख ३० हजार सहयोग गर्ने ११ वडाध्यक्षको प्रतिबद्धता
- तेल्लोक स्पोर्टिङ क्लबद्वारा ३८ जना ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण
- चौथो ताप्लेजुङ गोल्ड कपका लागि तयारी तीव्र, आयोजक टिम छनोट उपसमिति गठन
- सिरिजङ्गा गोल्डकपको सार्वजनिक सुनुवाइ तथा सहयोगदाता सम्मान सम्पन्न
- चौंथो ताप्लेजुङ गोल्डकप भाद्र १२ देखि १९ गतेसम्म