ताप्लेजुङ । लाखे जात्रा पर्वको अवसरमा ऐतिहासिक रूपमा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिताको रूपमा चिनिने ताप्लेजुङ गोल्डकप यस वर्ष भाद्र १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने तय भएको छ ।
चौथो संस्करणको रूपमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका उत्कृष्ट टिमहरू र राष्ट्रिय खेलाडीहरूको सहभागिता रहने आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभएको छ।
प्रतियोगिताको आकर्षणलाई थप जोड दिनका लागि गत वर्षदेखि मैदानलाई हरियाली बनाउन आयोजक लागि परेको छ । प्रतियोगिता स्थल भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा गतवर्ष झार रोपेर सौन्दर्यकरण ल्याउन खोजेको आयोजकले यस वर्ष भने मैदानमा घेराबारा गरी प्रवेश रोक लगाएर मैदान हरियो बनाउन प्रयास गरिरहेको छ।
विगतभन्दा फरक ढङ्गले यस वर्षको प्रतियोगितालाई दर्शकले हेर्न पाउने अध्यक्ष मादेनले जानकारी दिनुभएको छ। प्रतियोगितामा टिकट दर, पुरस्कार राशि लगायतकाविषयमा भने केही दिन पछाडि औपचारिक रुपमै जानकारी गराउने उहाँले बताउनुभयो ।
- आयोजकलाई हराउँदै जर्जियन एफसी ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
- चौथो ताप्लेजुङ गोल्डकपः आयोजकलाई जर्जियनको चुनौति
- चौथो ताप्लेजुङ गोल्डकप खेल्ने आठ टोलीहरुको टुँगो लाग्यो
- ताप्लेजुङ गोल्डकपलाई ३ लाख ३० हजार सहयोग गर्ने ११ वडाध्यक्षको प्रतिबद्धता
- तेल्लोक स्पोर्टिङ क्लबद्वारा ३८ जना ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण