जुम्का एफसी (ए) फाइनलमा
सुनसरी । जुम्का च्यालेन्ज कप २०८३ अन्तर्गत बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जुम्का एफसी आयोजक (ए) ले धरान–स्पोर्टिङ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
जुम्का एफसीको जितमा निस कुमार श्रेष्ठले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने विनोद राईले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका निस कुमार श्रेष्ठ खेलको म्यान अफ द म्याच घोषित भए।
अब प्रतियोगिताको दोस्रो सेमिफाइनल भदौ १२ गते हुनेछ। दोस्रो सेमिफाइनलमा जुम्का एफसी ‘B’ र मधेसा युवा क्लब, इनरुवा आमनेसामने हुनेछन्।
यस खेलको विजेताले फाइनलमा जुम्का एफसी आयोजक (ए) सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
Post Comments