फुङलिङ । आयोजक टिमलाई स्तब्ध बनाउँदै पाहुना टोली जर्जियन एफसी भारतले ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । यो गोल्डकप ताप्लेजुङ जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता हो ।
भानुजन माविको खेलमैदानमा आजदेखि सुरु भएको चौथो संस्करणको प्रतियोगितामा आयोजक ताप्लेजुङ ११ लाई २-१ गोलले पराजित गर्दै जर्जियनले पहिलो सेमिफाइनलमा स्थान बनाएको हो । जर्जियनका लागि पहिलो हाफको इन्जुरी समयमा कुञ्जमान थापाले गोल गर्दै अग्रता दिलाएका थिए ।
यसैगरी, खेलको ५५औँ मिनेटमा कुञ्जमानले नै पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङ ११ ले पाएको अवसर सदुपयोग गर्न सकेको थिएन । तर, खेलको ६६औँ मिनेटमा दिपेश लिम्बूले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए ।
घरेलु मैदानमा समर्थकको उत्साहलाई कायम राख्न नसक्दा आयोजक टिम पहिलो खेलबाटै बाहिरियो भने जर्जियन एफसीले यहाँ पहिलोपटक जित दर्ता गरेको हो । खेलको प्लेयर अफ दी म्याच गोलकर्ता कुञ्जमान थापा भए । उनले नगद ७ हजार र ट्रफी पाए ।
यसैगरी, टिकट काटेर खेल हेर्न पुगेका एक दर्शकले इन्डक्सन चुल्हो प्राप्त गरेका छन् । आयोजकले टिकटमार्फत भाग्यशाली दर्शकलाई एक थान स्कुटर पुरस्कारको व्यवस्था गरेको छ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- उत्कृष्ट कमब्याक गर्दै म्याङलुङ स्पोर्टिङ त्रिशाली गोल्डकपको सेमिफाइनलमा