ताप्लेजुङ । जिल्लाकै प्रतिष्ठित फुटबल प्रतियोगिता ताप्लेजुङ गोल्डकपको चौथो संस्करण आजदेखि सुरु हुँदैछ । स्थानीय भानुजन माविको खेलमैदानमा आयोजकले पाहुना टोली जर्जियन एफसी दार्जीलिङ उद्घाटन खेल खेल्दैछ ।
यस संस्करणमा भारतको एक टोलीसहित नेपालका प्रतिष्ठित ८ क्लबहरुले सहभागिता जनाएका छन् । च्याम्पियन बन्ने टोलीले नगद ७ लाख २ हजार ८३ सहित आकर्षक ट्रफी पाउँदा उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँमा चित्त बुझाउनु पर्नेछ ।
यस पटक दर्शकलाई भाग्यशाली उपहारको व्यवस्था गरिएको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताएका छन् । उनका अनुसार क्वाटरफाइनलदेखि फाइनल खेलसम्ममा काटिएका टिकटबाट गोलाप्रथाबाट एक थान स्कुटर प्रदान गरिने भएको छ ।
यसैगरी, दैनिकजसो भाग्यशाली दर्शकलाई इन्डक्सन चुल्हो र थर्मसको पनि व्यवस्था गरिएको छ । यस्तै, मस्ट भ्यालुएवल प्लेयर बन्ने खेलाडीले एक थान मोटरसाइकल पुरस्कार पाउने छ भने अन्य विधागत पुरस्कारको व्यवस्था गरिएको समितिका कोषाध्यक्ष दावा लामाले बताए ।
- आयोजकलाई हराउँदै जर्जियन एफसी ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
- चौथो ताप्लेजुङ गोल्डकप खेल्ने आठ टोलीहरुको टुँगो लाग्यो
- ताप्लेजुङ गोल्डकपलाई ३ लाख ३० हजार सहयोग गर्ने ११ वडाध्यक्षको प्रतिबद्धता
- तेल्लोक स्पोर्टिङ क्लबद्वारा ३८ जना ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण
- चौथो ताप्लेजुङ गोल्ड कपका लागि तयारी तीव्र, आयोजक टिम छनोट उपसमिति गठन