राजाबास भेट्रान क्लब फाइनलमा प्रवेश
सतिसाले, केरावारी । प्रथम सतिसाले भेट्रान कप २०८३ अन्तर्गत असोज २८ गते सम्पन्न सेमिफाइनल खेलमा राजाबास भेट्रान क्लबले आयोजक सतिसाले भेट्रान एफसी, केरावारीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
प्रतिस्पर्धात्मक खेलमा राजाबासका यशराज राईले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। उनको गोलसँगै राजाबासले आयोजक टोलीलाई स्तब्ध पार्दै उपाधि नजिक पुगेको हो। निर्णायक गोलकर्ता यशराज राई खेलको म्यान अफ द म्याचघोषित भए।
यस जितसँगै राजाबास भेट्रान क्लब प्रथम सतिसाले भेट्रान कप २०८३ को फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको फाइनल खेल असोज ३० गते सतिसाले फुटबल मैदान, केरावारी–६ मा हुनेछ।
Post Comments