Province 1 योङ ब्वाईजको जितमा रुनीको ह्याट्रिक
गोलनेपाल

सुकचर । योङ ब्वाइज फुटबल क्लब, सुनबर्सी मोरङ जारी प्रथम सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बिहीबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा योङ ब्वाईजले तालतलैया फुटबल एकेडेमी, सुनसरीलाई ३–२ ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

बुढिगंगा खेलमैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा योङ ब्वाईजका लागि रुनी साहले खेलको दोस्रो र २८औं मिनटमा गरि दुई गोल गरे भने दोस्रो हाफको छैठौं मिनटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे ।

उता पराजित तालतलैयाका लागि दुवै गोल उमेश राईको नाममा रह्यो । राईले दोस्रो हाफतर्फ सातौं र ३७औं मिनटमा दुई गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।

खेलको म्यान अफ द म्याच योङ ब्वाईजका ह्याट्रिककर्ता रुनी साह घोषित भए । उनलाई बुढिगंगा गाउँपालिका वार्ड नम्बर ६ का सदस्य हर्क चन्द्र चौधरीले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत असोज १ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल बिराट स्पोर्टस एकेडेमी, मोरङ र औराबनी फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

नव युवा क्लब सुकचर ११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज ४ गतेका दिन हुनेछ ।

Post Comments