Province 1 खोटाङ्ग भगतवी स्पोर्टस सेमिफाइनलमा
गोलनेपाल

भोजपुर । रोमाञ्चक जितका साथ खोटाङ्ग भगवती स्पोर्टस क्लब, खोटाङ्ग यहाँ जारी सातौं भोजपुर मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलतर्फ खोटाङ्गले रारा फुटबल क्लब, राजारानी, धनकुटालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । भोजपुर रंगशालामा भएको खेलमा खोटाङ्गका लागि दुवै गोल मार्टिनले गरे । पराजित राराका लागि भने सुनिल खड्काले एक मात्र गोल फर्काएका थिए ।

खेलमा निर्णायक दुई गोल गरेका खोटाङ्गका मार्टिन म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत बैशाख ११ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल डाँगीहाट युथ क्लब, मोरङ्ग र सलहेश युवा क्लब, सिराहा बीच हुने आयोजकले जानकारी दियो ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १५ गतेका दिन हुनेछ ।

Post Comments