Province 1 चार गोल गर्दै वार्ड नम्बर ७ अन्तिम चारमा
गोलनेपाल

दुहबी । एकतर्फी जित निकाल्दै वार्ड नम्बर ७ यहाँ जारी छैठौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर ४ लाई शून्यका विरुद्ध ४ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

वार्ड नम्बर ७ को जितमा अंकित चौधरीले दुई गोल गरे भने पारस चौधरी र कामेश चौधरीले थप एक–एक गोल गरे । खेलमा वार्ड नम्बर ७ का अंकित चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १४ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल वार्ड नम्बर ८ र १० बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी नगरपालिका, दुहबी, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १,२५,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल बैशाक १७ गतेका दिन हुनेछ ।

Post Comments