Province 2 एफसी कोलगाउ तेस्रो निजगढ मेयर कप फुटबलको क्वार्टरफाईनलमा 


गोलनेपाल

एफसी कोलगाउ तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेकोछ । 

बुधबार सम्पन्न खेलमा निजगढ वडा नम्बर ९ लाई ४—० गोल अन्तरले पराजित गर्दै कोलगाउ प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेकोहो ।

खेलको २० औ मिनेटमा कोलगाउका बिराज लामाले गोल गर्दै अग्रता दिलाएकाथिए । २७ औ मिनेटमा सुमन मोक्तानको गोलसंगै कोलगाउको अग्रता दोब्बर भयो । खेलको ४१ औ मिनेटमा ससिल मोक्तानले गरेको गोल संगै कोलगाउले ३ गोलको अग्रता बनायो । खेलको ५४ औ मिनेटमा वडा नम्बर ९ का कप्तान राजु श्रेष्ठ दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएकाथिए । निजगढ वडा नम्बर ९ माथि हाबी भएको खेलमा कोलगाउका तर्फबाट कप्तान बाबुराम थिङले ६३ औ मिनेटमा थप १ गोल गर्दै कोलगाउलाई ४—० को जित दिलाए ।



खेलको म्यान अफ द म्याच कोलगाउका कप्तान बाबुराम थिङ भए । प्रतियोगिता अन्तर्गत क्वार्टर फाईनलका खेलहरु बिहिबारबाट शुरु हुनेछ । 

पहिलो क्वार्टरफाईनलमा बिहिबार निजगढ सिटि क्लव र सिंगौल एफसी ए बीच प्रतिस्पर्धा हुनेछ ।

खेल शहिद हिरालाल रंगशालामा दिउसो २ः३० बजेदेखि हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।

Post Comments