लालबन्दी। सर्लाहीको लालबन्दी नगरपालिका–११, हिरापुरमा सञ्चालित नवौं नगरस्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उद्घाटन खेल सम्पन्न भएको छ। उद्घाटन खेलमा साविक विजेता वडा नं. ११ ले वडा नं. १० लाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
दर्शकले खचाखच भरिएको मैदानमा भएको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले समान दुई–दुई गोल गरेका थिए।
खेलको ४८औं मिनेटमा वडा नं. ११ का नरेश वाइवाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि अर्थात् ५४औं मिनेटमा वडा नं. १० का रोहन बोम्जनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।त्यसैगरी, खेलको ५८औं मिनेटमा पुनः नरेश वाइवाले व्यक्तिगत दोस्रो गोल गर्दै वडा नं. ११ लाई अग्रता दिलाए। तर, खेलको ६४औं मिनेटमा वडा नं. १० का रोहित बोम्जनले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याए।
निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा वडा नं. ११ ले ३–२ गोलको जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका वडा नं. ११ का नरेश वाइवा 'म्यान अफ द म्याच' घोषित भए। उनले नगद रु. १ हजार ५०० सहित ट्रफी प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद रु. १ लाख २१ हजार १०१ सहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ६१ हजार १०१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, तृतीय स्थान हासिल गर्ने टोलीले नगद रु. ३१ हजार १०१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही नगद रु. ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन्।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न