
बिजयबस्ती । आउँदै गरेको नेपालीहरुको महान चाड बडादशैं २०७८ को अवसरमा ठोरी गाउँपालिका ४ बिजयबस्तीमा “समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
बिजयबस्ती फुटबल क्लबको आयोजना आउँदो असोज ९ देखि २६ गते सम्म चल्ने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने आयोजकले जानकारी दियो ।
पर्साको ग्रामीण क्षेत्रमै अहिलेसम्मको सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीले ट्रफीसहित नगद २० हजार प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले चांदीको जुत्ता हात पार्नेछ । साथै अन्य व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
बिजयबस्तीको खेल मैदानमा आयोजना हुने प्रतियोगिताका लागि खेलमैदान मर्मत तथा सहयोग संकलनको कार्य तिब्र रुपमा भइरहेको आयोजक समितिका अध्यक्ष झलक श्रेष्ठले बताए ।
प्रतियोगिताको सबै खेलहरु गोलनेपाल डटकमले आफ्नो अनलाईन पोर्टलमा प्रत्यक्ष प्रसारण गर्नेछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै