Province 2 दशैं कपमा समाज जागरणको विजयी शुरुवात
गोलनेपाल

ठोरी । वनशक्ति युवा क्लबको आयोजनामा शुरु दशैं कप नकआउट फुटबल प्रतियोगितामा समाज जागरण युवा क्लबले विजयी शुरुवात गरेको छ । ईलाका प्रहरी कार्यालय नजिकैको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाट खेलमा समाज जागरणले सुवर्ण युवा क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेलको म्यान अफद म्याच समाज जागरणका दिपेश जोशी घोषित भए । प्रतियोगिता अन्तरगत असोज १० गतेको पहिलो खेल अमृत युवा क्लब र प्रतिभा युवा क्लबबीच हुनेछ भने दोस्रो खेल वनशक्ती युवा क्लब (बी) र दीप ज्योति युवा क्लबबीच हुने आयोजकले जानकारी दियो

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रमुख अतिथी जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेकपा एमालेका नेता जालिम मियाँले गरेका थिए ।

यहि असोज २१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments